अस्ट्रेलियामा काम लगार्इदिन्छु भन्दै ठगी गर्ने तीन प्रहरीकाे फन्दामा

फागुन १८, काठमाडौँ । आधा दर्जन व्यक्तिहरुलार्इ अस्ट्रेलियामा काम लगाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरूलार्इ पिडितहरूकाे उजुरीकाे अाधारमा पक्राउ गरिएकाे हाे ।

पक्राउ पर्नेमा काठमाडौँको टोखा बस्ने २५ वर्षीय रोशन कार्की, मोरङ बेलबारी बस्ने पूजा प्याकुरेल भुजेल र उनका श्रीमान दाङ घर भएका शक्ति भुजेल रहेकाे प्रहरीले जनाएकाे छ । नेपाल जब प्लेसमेन्ट नामको रिक्रुटर कम्पनीबाट फुड प्याकको काममा अस्ट्रेलिया पठाइदिने भन्दै उनीहरुले सात जनाबाट १ करोड ५४ लाख रुपैयाँ ठगी गरेका थिए ।

कम्पनीका सञ्चालक कार्कीले रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरुबाट रकम उठाएर केही रकम आफू राखेर पूजालाई पठाउने गरेका थिए । पूजाले त्यहाँबाट भारतको नयाँ दिल्लीमा रेष्टुरेन्टमा काम गर्ने दिपक श्रेष्ठलाई उनको भाई सन्तोष श्रेष्ठमार्फत सो रकम पठाउने गरेकी थिइन् ।

दीपकले पीडितहरुलाई नक्कली भिषा दिएर भारतको नयाँ दिल्लीस्थित युनिक होटलमा करिब एक महिना राखेका थिए । एक महिनासम्म पनि आफूहरुलाई उडाउन नसकेपछि पीडितहरु काठमाडौँ फर्केर महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेका थिए ।

परिसरबाट खटेको टोलीले तीन जनालाई पक्राउ गरी ठगी र बैंकिङ कसुर मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रोशन कार्कीले पीडितहरुलाई खातामा रकम नभएको बैंकको चेक पनि जानी जानी दिने गरेका थिए । उनीहरूलार्इ बैदेशिक ठगी र बैंकिङ कसुरमा कारवाही अगाडी बढार्इने महानगरिय प्रहरी कार्यालयले जनाएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *