नागरिकमा निराशा फैल्याउने तत्व सक्रिय भइरहेको छः प्रधानमन्त्री

माघ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी भित्रिन नदिन ‘नेपाली लगानी सम्मेलन’ भाँड्ने तत्वहरु सक्रिय भइरहेको दाबी गरेका छन् । 

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रम ओलीले स्वार्थी तत्वहरुले जनतामा निराशा फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै सबैलाई सचेत रहन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार काम गर्ने आधार तय भइरहेको समयमा उनीहरुलाई निराश बनाउने अनुचित र अनुपयुक्त प्रयास भएको भन्दै आपत्ति जनाए । उनले देशलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको जिकिर गर्दै यसविरुद्ध लड्न पनि आह्वान गरे । 

null

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउनेलगायतका आतंककारी गतिविधि सैह्य नहुने चेतावनी समेत दिए । 

मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =