वडा सदस्य र इन्जिनियर ७५ हजार घुससहित रंगेहात पक्राउ
मकालु खबर
२०७६ माघ २७ गते
माघ २७, काठमाडौं । तनहुँको भानु नगरपालिका–१३ का वडा सदस्य र इन्जिनियर ७५ हजार घुसससहित पक्राउ परेका छन् । वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी घुससहित पक्राउ परेका हुन् ।
निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सोमबार रंगेहात पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीसँग विभिन्नन बाहना बनाइ घुस माग गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको हो ।
null
दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
मकालु खबर
२०७६ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित