कैलाश विकास बैंक प्राप्तिका लागि प्राइम कमर्सियल बैंकले गर्यो अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
२०७६ पुस ३ गते

पुस ०३, काठमाडौं । कैलाश विकास बैंक प्राप्तिका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धमा आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
null
कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ ।
२०७६ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








