मसान चढेको भन्दै किशोरीमाथी काका काकीले तातो पन्यूले पिटे
सुर्खेत । वीरेन्द्रनगर –२, गुप्तीपुुर की १८ वर्षीया किशोरी कुटिएकी छन् । मसान चढेको भन्दै अमृता बुढालाई आफ्नै नाता पर्ने काका काकीले तातो पन्यूले पिटेका हुन् ।
null
कुटपिट गरिएको आरोपमा वीरेन्द्रनगर –७, इत्रामका कृष्णा काफ्ले र उनका श्रीमान कृष्णप्रसाद काफ्लेलाई पक्राउ गरेको छ । झारफुक गर्ने क्रममा पिटेको भन्दै किशोरीकी आमाले उजुरी दिएपछि काफ्ले दम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।
पीडित किशोरीकी आमा टीका बुुढाले झारफुक गर्ने भन्दै पुस ८ गते आफ्नी छोरीमाथि कुटपिट भएकोे भनेर प्रहरीले उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । डिएसपी क्षेत्रीले यो मुद्धालाई झारफुक गर्दा कुटपिट भएकाले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार नै मुद्धा चलाइएको जानकारी दिए।
पीडित किशोरीले अन्टीले आफ्नी छोरीलाई बिरामी बनाएको भन्दै कुटेको आरोप लगाएकी छन् ।
त्यसरी कुटपिट हुँदा पनि अस्पताल नलगेर घर पठाइदिएको उनले बताइन् । ९ गते बिहान घर आएपछि मात्र उनका बुबाले शरीरमा भएको चोट देखेर अस्पताल पुर्याएका थिए । बालिकाको मुखमा, शरीरको धेरै भागमा डामिएको छ । उनलाई पाँच दिन वीरेन्द्रनगरको देउती अस्पतालमा उपचारपछि घर लगिएको छ।