इटहरी बलात्कार काण्डको नयाँ रहस्य खुलासा, वडा अध्यक्षसहित ३ जना फरार

“
काठमाडौं, फागुन ५ । इटहरीमा केही दिन अघि भएको १४ वर्षीय बालिका बलात्कारको घटनाले नयाँ मोड लिएको छ । घटना मिलापत्र गर्न दबाब दिने प्रहरीका एसपी बिद्यानन्द माझी र ईन्स्पेक्टर चिरञ्जिवी दहाल निलम्बनमा परेको उक्त घटनामा २५ लाख रुपैयाँ लेनदेन भएको खुलासा भएको छ । तर, पीडित परिवारले भने एक रुपैया पनि नपाएको बताउदै आएका छन् ।
केही दिनअघि पक्राउ परेका घटनाका मुख्य आरोपित जीवन श्रेष्ठले प्रहरी समक्ष २५ लाख पीडित परिवारलाई दिने गरी मिलापत्र गरिएको अनुसन्धानबाट खुलेको छ ।
जनप्रतिनिधि र उच्च प्रहरी अधिकृतबाटै गुपचुपमा राखिएको उक्त घटना मिलापत्रमा संलग्न नेपाल तरूणदल सुनसरीका सभापति सिजन गुरूङ, इटहरी उपमहानगरपालिका वाड नं २० का वडाध्यक्ष मणि श्रेष्ठ र तरूणदलकै सुनसरी उपसभापति सन्तोष बिक लगायत अन्यको प्रत्यक्ष संलग्नता देखिएको प्रहरी श्रोतले बताएको छ । बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गरी मिलापत्र गराउनेमा संलग्न देखिएका तरूण दल सुनसरी सभापति गुरूङ उपसभापति बिक र वडाध्यक्ष श्रेष्ठ तिनैजना फरार रहेका छन् ।
फरार रहेकाहरू पक्राउ परे लगत्तै थप रहस्यमय कुराहरू खुल्ने प्रहरीले बताएको छ । पिडकले २५ लाखमा घटना मिलापत्र गरिएको बताएपनि पीडित पक्षले नपाएको भन्ने बयानलाई मध्य नजर गर्दा फरार रहेको बिचौलियाहरूमाझ रकम घुमिरहेको अनुमान लगाइएको छ । फरार रहेका बिचौलियाहरू उपर सार्वजनिक ऐन अन्तरगत मुद्धा दर्ता गरी खोजि कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य राउतले बताए ।
गत पुस १७ गते इटहरी उपमहानगरपालिका स्थित तरहराकि १४ बर्षिया बालिकालाई धरानका जोकम लिम्बु र बिराटनगरका मनिस भनिने जिवन श्रेस्ठले इटहरीकै रोयल रिसोर्टमा सामुहिक बलात्कार गरेका थिए । घटनामा संलग्न लिम्बुलाई प्रहरीले मुद्धा दर्ता भएकै भोलिपल्ट पक्राउ गरिसकेको छ ।
उक्त घटना मिलाउन पिडक पक्षमध्ये मनिष श्रेष्ठलेमात्रै ठुलै रकम लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
“








