पार्टनरसँग बेडरुममा हुँदा पनि नहट्ने यी टेन्सन

माघ १३, काठमाडौं । जीवनसाथी होस् या केटी साथी । सँगसँगै बिताएको पललाई बिर्सन मुस्किल हुन्छ । तैपनी हाम्रो दिमागमा एकप्रकारको तनावले छोडेको हुँदैन । अफिसको तनावपनि घरमा बसिरहेको समयमा आइरहेको हुन्छ । पार्टनरसँग भएको बेला पनि दिमागबाट नहट्ने तनावले धेरैलाई सताएको हुन्छ ।
इंडिया टुडेले गरेको सर्भे अनुसार, भारतमा जीवनसाथीसँग भएको बेला पनि अधिकांश मानिस तनावमा रहने गरेका छन् । उनीहरुलाई कार्यालयको तनावले सताएको हुन्छ । सर्भेका अनुसार बैंगलोरमा ४२ दशमलव ९ प्रतिशत मानिस सेक्सको समयमा पनि तनावमा हुन्छन् । बैंगलोरमा ६० प्रतिशतभन्दा पनि कम मानिस जीवनसाथीसँग खुलेर कुरा गर्न सक्दछन् ।
राँची भारतको सानो शहर हो । त्यहाँका २७ प्रतिशत मानिसमा जीवनसंगीसँग सयलमा हुँदा पनि दिमागमा कामको चिन्ताले सताएको हुन्छ । सेक्सोलोजिस्टका अनुसार धेरै मानिसको मनमा अफिसको काम भन्दापनि अरु कुराले तनाव भइरहेको हुन्छ । धेरै मानिस आफ्नै लाइफ पार्टनर अगाडि निर्वस्त्र हुन लजाउछन् ।

कतिपय मानिस जीवनसाथीसँग आफ्नो मनको कुरा खोल्न सक्दैनन् । भारतीयमा गरिएको अनुसन्धानमा उनीहरु ३० मिनेट भन्दा बढी बेडरुममा बस्न सक्दैनन् । एजेन्सी










