नेपालसँग सैन्य सहकार्य बढाउन अमेरिका इच्छुक

मंसिर २१, काठमाडौँ । नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ ।
सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन् । प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्ने उनको भनाइ छ । दुई स्काई ट्रक चाँडै काठमाडौँ आइपुग्ने उनले बताएका छन् ।
‘नेपाल हाम्रो पुरानो मित्र र दक्षिण एसियामा स्थापित राष्ट्र हो । नेपालको राजनीतिक तथा आर्थिक अवस्था सुदृढीकरणले यस क्षेत्रमा थप भूमिका निर्वाह हुनेछ’, एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक मन्त्री स्च्रिभरले नेपाल भ्रमणका क्रममा राजदूत निवासमा केही सञ्चारकर्मीसँग भने, ‘नेपालसँग अमेरिका थप सहकार्य गर्दै अघि बढ्न चाहेको छ । त्यो सुरक्षा, आर्थिक र अन्य सहकार्यलगायत छन् ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
null








