कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

काठमाडौं, १३ असार । दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत जेठ महिनामा लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो । 

 

परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् । कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए । 

null

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो । परीक्षाको नतिजा थाहा पाउन लागि तपाईंको जन्ममिति तथा पार्सपोर्ट नम्बर आवश्यक पर्छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =