आखिर किन गर्दैछन् जुत्ता पालिस कांग्रेस नेताहरु ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ १६ । पार्टी शुद्धीकरण अभियानका लागि भन्दै नेपाली कांग्रेस नेता–कार्यकर्ताहरुले आज सडकमै जुत्ता पालिस गरेका छन् । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता–कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन् ।
उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए । फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले बताए ।
भण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ लगायतका नेताहरु जुत्ता पालिस गर्नमा व्यस्त थिए।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








