निषेधाज्ञामा पनि विराटचौकमा प्रर्दशन, प्रहरीद्वारा अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी
२०७५ माघ १४ गते

माघ १४, इटहरी । टिपरको ठक्करबाट मोरङको विराटचौककी ११ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयले १० वटा टिपर जलाइसकेका छन् ।
घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
null
सोमबार बिहान आफ्नै घरअगाडी खेलिरहेकी ११ वर्षीय लक्ष्मी ढकाललाई टिपरले ठक्कर दिएको थियो । सामान्य घाइते भएकी उनलाई ड्राइभरले ब्याक गरेर मारेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटचौक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरेपछि स्थानीयले प्रदर्शन नरोकपछि विराटचौकको स्थिति तनावग्रस्त भएको छ ।
स्थिति नियन्त्रणबाहिर गएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।अवरुद्ध पूर्व पश्चिम राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।
२०७५ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








