निर्मलाको हत्या भएको दिन रावल र चौधरी हिरासतमै थिए ?

 

मंसिर २३, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले कञ्चनपुरकै १७ वर्षीय प्रदीप रावल र विशाल चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

निर्मलाको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीहरुको डिएनए परिक्षणका लागि पठाइएको छ । उनीहरूकाे डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने प्रहरीले जनाएको छ । 

null

यता हत्यामा संलग्न भएका भनिएका ती दुई युवक रावल र चौधरी निर्मलाको हत्या भएको दिन (साउन १०–११) मा प्रहरी हिरासतमै भएको बताइएको छ । घटनाको समयमा कुखुराको मासु पसल चोरी गरेको आरोपमा उनीहरु जेलमै रहेको कञ्चनपुर प्रहरीले उल्लेख गरेको छ । कञ्चनपुरका एसपी कुवेर कडायतले भने प्रहरी हिरासतमा केही समय मात्रै रहेको दाबी गरे। 

अहिले निर्मला पन्तको सामूहिक बलात्कार भएका खबरहरु बाहिरिए पनि प्रहरीले आफ्नै प्रयोगशालामा गरेको परीक्षणमा एक जना पुरुषको मात्र डिएनए भेटिएको खुलेको थियो । 

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान सुरुदेखि नै विवादमा पर्दै आइरहेको समयमा अहिले पक्राउ परेका युवकहरु साँच्चिकै अपराधी हुन् या होइनन् भन्ने सर्वसाधारणमा आशंका बढेको छ । 

साउन १० गते साथीको घरमा गृहकार्य गर्न जान्छु भनेर गएकी १३ वर्षीय बालिका निर्मला पन्तको दोस्रो दिन साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =