प्रहरी हुँ भन्दै फोनबाट धम्क्याउने पक्राउ

भदौ २८, डडेल्धुरा । डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ ।   

जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मुद्दा फाँटको प्रमुख करवीर ऐर हुँ भनी अमरगढी नगरपालिका–६ छचोडाँका स्थानीय महेश ताम्राकारले ९८६५६७३४७० को नम्बरबाट सोही ठाउँका स्थानीय खड्ग ताम्राकारलाई ९८४२२०२११२ नम्बरमा फोनबाट गालीगलौज गरेका थिए । 

फोनबाट उनले आफू प्रहरी नायब निरीक्षक करवीर ऐर हुँ भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभए प्रहरी लगाएर पक्राउ गर्ने भनी बुधबार राति १ बजे गाली गरेपछि बिहीबार ताम्राकार डडेल्धुरा जिल्ला प्रहरी कार्यालय पुगेका थिए। मुद्दा फाँटमा कार्यरत प्रहरी नायब निरीक्षक ऐरकहाँ पुगेपछि आफूले फोन नगरेको भन्दै मोबाइल नम्बर पत्ता लगाउँदा अमरगढी–६ का महेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

Image result for पक्राउ

गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए । ‘यस विषयमा अनुसन्धान भइरहेको र निजलाई कानूनअनुसार कारवाही हुनेछ’, प्रनि खड्काले भने । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =