भारतीय सेनामा कार्यरत एक नेपाली युवाको आतंकवादी हमलामा परि निधन

पुष १७, काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको आतंकवादी हमलामा मारिका छन् । जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा गोरखाका अर्जुन थापा मगरको मृत्य भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।   

बुधबार आतंकवादीहरुसँगको मुठभेडमा अर्जुनसहित भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि मृत्यु भएको छ । 

गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए । 

null

भारतीय सेनाले अर्जुनका परिवारलाई घटनाबारे जानकारी दिइसकेको बताइएको छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ । नेपाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने जनाइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =