प्रहरीको सूचीमा रहेका भेटवालले गरे आत्मसमर्पण
२०७६ फागुन २७ गते

फागुन २७, काठमाडौं । प्रहरीको खोजी सूची रहेका मनोजकुमार भेट्वालले आत्मसमर्पण गरेका छन् । करोडौं ठगीको आरोप लागेका जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालकसमेत रहेका भेटवालले मंगलबार बिहान काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण गरेका हुन्।
उनलाई बैकिङ कसुर मुद्दामा आजै अदालत लगेर म्याद थप गरिने प्रहरीले बतताएको छ ।
भेटवालविरुद्ध चन्द्रसिंह धामीले उजुरी गरेका थिए । उनीविरुद्ध अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको उजुरी परेको छ । भने उनीविरुद्ध ठगी ओरोपमा सीआईबीमा समेत उजुरी परेको छ ।
काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको भ्युटावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए ।
२०७६ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








