मदिरा खरिद गर्दा नक्कली रुपैँया दिने पक्राउ
२०७६ साउन ९ गते

साउन ८, बारा । मंगलबार राती बारामा नक्कली नेपाली रुपैँया सहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका ८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
null
बाराको आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियामा मोहन सहनीले संचालन गर्दै आईरहेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गरी एक हजार नक्कली रुपैँया दिएपछी पसल संचालक सहनीलाए साे रूपैँया नक्कली भएकाे शंकालागी प्रहरीलाई खबरगरेपछी न्यौपानेलाई सोही स्थानबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका न्यौपानेको खल्ती छाम्दा थप ३ वटा हजारको नोट फेला पारिएको छ । पक्राउ परेका न्यौपानेलाई कारवारहीकोलागि अघी बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








