केरुङ–काठमाडौं रेलमार्गः विस्तृत सम्भाव्यता अध्ययन छिट्टै
२०७६ मंसिर ११ गते

मंसिर ११, काठमाडौँ। नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार बसेको नेपाल र चीनका पदाधिकारीहरूको संयुक्त बैठकले यो सहमति गरेको हो ।
सो रेलमार्ग निर्माणका लागि छिट्टै विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बैठकका लागि उच्चस्तरीय चिनियाँ टोली सोमबार काठमाडौँ आइपुगेको हो । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ ।
null
२०७६ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








