दलित विकास समाजको विदाइ तथा सम्मान

पुस २५, दुहवी । सुनसरीको दुहवी ७ स्थित भलुवामा दलित विकास समाज दुहवीको आयोजनामा विदाइ समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
दलित समुदायको उत्थान तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै दलित विकास समाजका सदस्य करुणा फाउण्डेसन नेपाल सुनसरीका बरिष्ठ कार्यक्रम अधिकृत रमेश बराललाई सम्मान गर्दै विदाइ गरियो ।
null
उक्त सम्मान कार्यक्रममा दलित समुदायको उत्थान तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार र करुणा फाउण्डेसन नेपाल सुनसरीका बरिष्ठ कार्यक्रम अधिकृत पदम लम्साललाई दलित विकास समाज दुहवीका अध्यक्ष लक्षमण ऋषिदेवले दोसल्ला ओढाएर सम्मान पत्र र फुलमाला सहित सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर बेदनारायण गच्छदारले दुहवी ७ स्थित नमुना बस्तीमा दलित घर परिवारहरुका लागि १९ घर बनाउँन सहयोग गर्ने करुणा फाउण्डेसन नेपाल,बरिष्ठ कार्यक्रम अधिकृत रमेश वराल एवं बरिष्ठ कार्यक्रम अधिकृत पदम लम्सालले गरेको योगदानको चर्चा गरेका थिए । उनले नमुना बस्तीबाट आफुले प्रेरणा पाएर दुहवी १० स्थित सिमरियामा २ बिगाह जग्गामा २०० घर बनाउन नगर प्रमुख आवास योजनाको अवधारणा ल्याइएको बताए ।
नगर प्रमुख आवास योजनाकोलागि चालु आर्थिक वर्षमा १ करोड ७५ लाख बजेट समेत निकासा गरिएको मेयर गच्छदारले बताए ।








