राष्ट्रियसभा बैठक : शोक प्रस्ताव पारित

फागुन ५, काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानी र राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।   

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवङ्गत सोमानी र उपाध्यायको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।   

सांसद उपाध्याय २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । क्यान्सर रोगका कारण स्व। नेता उपाध्यायको ५१ वर्षको उमेरमा यही फागुन २ गते उपचारका क्रममा  निधन भएको थियो । 

त्यसैगरी स्व. सोमानी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद थिए । उनको ५२ वर्षको उमेरमा गत माघ २५ गते निधन भएको थियो । स्व. सुमानी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग आबद्ध थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ६ गते दिउँसो १ः०० बजे बस्नेछ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =