को हन् यी सुन्दरी जसले प्रधानमन्त्रीलाई दिईन् धम्की

कार्तिक २०, भारत । प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिने पाकिस्तानी पप गायिका राबि पिरजादाले अल्लाहसँग माफी माग्दै सांगितिक क्षेत्रबाटै सन्यास लिएकी छिन् ।  

केही दिनअघि मात्र उनले यो निर्णय लिएकी हुन् । उनले सांगितिक क्षेत्रबाट बाहिरिएको भन्दै अल्लाहसँग माफी मागेका भिडियोहरु र निजी तस्बिरहरु अनलाइन र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका छन् । 

अल्लाहले मेरो पापहरू क्षमा गर्न सक्नुहुन्छ   

गायिका पीरजादाले सोमबार घोषणा गर्दै मनोरन्जन उद्योग छोड्ने निर्णय गरेको जनाएकी हुन् । उनको यो घोषणासँगै निजी तस्विरहरु समेत आफ्नो ट्वीटर र अनलाइनहरुबाट सार्वजनिक भएका छन् । राबिले ट्वीटरमा लेखेकी छिन्, म राबि पिरजादा हुँ। मैले मनोरन्जनको उद्योग छोडेको छु। अल्लाह मेरा पापहरू माफ गर्नुहोस् र मप्रति तपाईको हृदय नरम गर्नुहोस्।   

गत हप्तादेखि गायिका पिरजादाको निजी तस्वीर र भिडियोहरू अनलाइन र सामाजिक सञ्जालमार्फत बाहिर आएपछि भाइरल भएका छन्। जसमा उनी अश्‍लील अवस्थामा नाचिरहेकी थिइन् । यसपछि उनको पाकिस्तानमा कडा आलोचना भइरहेको छ । मानिसहरूले उनलाई सोशल मीडियामा पनि ट्रोल गरेका छन् । उनले सामाजिक सञ्जाल र अनलाइनमा आफ्नो भिडियो अनावश्यक ढंगले भाइरल गरिएको भन्दै संघीय अन्वेषण एजेन्सीमा उजुरी समेत दर्ता गराएकी छिन् ।   

भारतीय प्रधानमन्त्री मोदीलाई आत्मघाती आक्रमणको धम्की   

यसअघि गायिका पिरजादा कश्मीरको मुद्दामा आक्रोशित हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्मघाती आक्रमणको धम्की दिएपछि एकाएक हिट भएकी थिइन् । उनले प्रधानमन्त्री मोदीलाई आत्मघाती आक्रमणको धम्की दिएकी थिइन् । ट्वीटरमार्फत आक्रमणको धम्की दिँदा उनले आफ्नो तस्विर पोष्ट गरेकी थिइन्, जसमा सुसाइड ज्याकेट समेत लगाएको देखिन्थ्यो । 

सर्प र गोहीसहितको भिडियो 

यतिमात्र होइन, निकै सुन्दरी देखिने गायिका पीरजादाले यसअघि उनले सर्प र गोहीहरूसँगको एक भिडियो पनि शेयर गरेकी थिइन् । जसमा उनले कश्मीरको मुद्दामा मोदीलाई बहिष्कार गर्ने र समर्थन छोड्ने धम्की दिएकी थिइन् । भिडियोमा उनी एक सर्पलाई समातरे बसेको देखिन्थिन् । त्यसरी भिडियो सार्वजनिक भएपछि वन्यजन्तु संरक्षण तथा पार्क विभागले जंगली जनावरहरू राखेको भन्दै पीरजादाविरूद्ध कारवाही समेत गरेको जागरण डट कमले लेखेको छ । उनका विरुद्ध लाहौर अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *