प्रभु बैंकको हसनपुरमा एक्स्टेन्सन काउण्टर सञ्चालन

बैशाख २३, कैलाली ।  आईतबारदेखि कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याईएको छ । 

 

धनगढी स्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख श्री कृष्णनन्द जोशीले एक समारोहका विच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् । 

null

प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी कृष्णनन्द जोशीले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराउँदै कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताए । 

आईतबारदेखि सञ्चालनमा आएको बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने भन्ने बैंकले विश्वास लिएको छ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =