‘डा. गोविन्द केसीज्यू, ‘अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुनुहोस्’

कार्तिक २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका छन्। 

मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उनलाई अपिल गरे।  चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी डडेल्धुरा पुगेर ६ दिनदेखि १७ औँ पटकको अनशन बसेका छन्। डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन्। 

मन्त्री पोखरेलले भने, ‘अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।’ 

Image result for शिक्षामन्त्री डा. केसी

कालापानी, लिपुलेकलगायत नेपाली भूभाग अतिक्रमणबारे भारतसँग कूटनीतिक रुपमा समाधानको माग गर्दै विभिन्न राजनीतिक भातृ संगठन, नागरिक समाज र युवाले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन्। कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै आएका छन्। 

मन्त्री पोखरेलले शिक्षा नीति र विज्ञान प्रविधि नीतिको टुंगो लागिसकेको जानकारी दिए। उनले समग्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए। शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन मन्त्री पोखरेल आजै फ्रान्सको राजधानी पेरिस प्रस्थान गर्दै छन्। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =