मेस्सीको गोलमा अर्जेन्टिनालाई सुपरक्लासिको उपाधि

एजेन्सी – कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । 

साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर मेस्सीको पेनाल्टी प्रहार गोलरक्षक एलीसनले बचाए । मेस्सीले रिबाउन्डमा गोल गरेका थिए । 

अर्जेन्टिनाले अग्रता लिनुभन्दा ३ मिनेट अगाडि ब्राजिलले पनि पेनाल्टी अवसर खेर फालेको थियो । फरवार्ड ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । जेससको प्रहारले गोलरक्षक गलत दिशामा डाइभ दिएपनि पोस्टभन्दा बाहिर गएको थियो । 

ब्राजिलले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि फिनिसिङमा चुक्दा खेलमा फर्कन सकेन । मेस्सी झन्डै चार महिनापछि अर्जेन्टिनी जर्सीमा देखिएका हुन् । कोपा अमेरिकामा रेफ्रीविरुद्ध अभिव्यक्ति दिएपछि उनलाई प्रतिबन्ध लगाइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =