फुटसल टुर्नामेन्टमा गार्डेन एफ.सी. विजयी

धरान, २८ असोजः खरानी गाईज धरान १६ द्धारा आयोजित दशैं–तिहार खुल्ला फुटसल प्रतियोगितामा धरान १३ का गार्डेन फुटसल क्लब ग्याटिस फुटसल क्लब धरान १५ लाई ६–० ले हराउंदै प्रथम भएको छ ।   

गार्डेन फुटसल क्लबका रीवस मास्केले ह्याट्रिक गरे भने मिलन लिम्वुले २ र सुदिप गुरुङले १ गोल गरेका थिए । प्रथम हुने क्लबले नगद ३५ हजार, ट्रफी र मेडल तथा द्धितिय हुने क्लबले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरेका छन् । खेलका म्यान अफ दि म्याच रीवस मास्के, उत्कृष्ट खेलाडी इचिके राई र उत्कृष्ट गोल किपर सचिन श्रेष्ठ घोषित भएका छन् । उनीहरुले नगद २ हजार सहित मेडल प्राप्त गरेका छन् ।   

उनीहरु तीनै जना विजयी गार्डेन फुटसल क्लबका खेलाडीहरु हुन् । विजेताहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव एवम् प्रवक्ता तथा आदिवासी जनजाति सरोकार समाज नेपालका अध्यक्ष सुजेन्द्र गोले तामाङ, विशेष अतिथि नेपाल विद्यार्थी संघ सुनसरी १ का सभापति बालकुमार राई, शेखर थापामगर, सरोज राई, भरत गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।  

  

प्रतियोगितामा खरानी फुटसल क्लब धरान १६, ब्रदर्श फुटसल क्लब धरान ७, ग्याटिस फुटसल क्लब धरान १५, मदन भण्डारी फुटसल क्लब इटहरी, युवा जागृति फुटसल क्लब धरान १९, एफ.एफ.सी धरान १३, विग फुट फुटसल क्लब धरान १५, भगवती फुटसल क्लब धरान १३, आईरन फुटसल क्लब धरान १०को सहभागिता थियो ।   

यसैगरी सिक्स टु सेभेन फुटसल क्लब धरान १९, दमक फुटसल क्लब, गार्डेन फुटसल क्लब धरान १३, एठ युनिटी फुटसल क्लब धरान ८, मेसी कलेक्सन फुटसल क्लब धरान १७, चेल्सी फुटसल क्लब धरान ११, क्याजुअल फुटसल क्लब धरान ९, एस.एस.वाई.सी. फुटसल क्लब धरान १६, चाम्स फुटसल क्लब धरान १७, बारबर सप फुटसल क्लब धरान ९, फन डे फुटसल क्लब धरान १०, फुड २४ फुटसल क्लब धरान १, शिवजी चौक फुटसल क्लब धरान ११ लगायत २२ टिम सहभागी रहेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =