हस्पिटलमा कार्यरत नर्सको शव झुन्डिएको अवस्थामा फेला
२०७६ वैशाख ८ गते

जनकपुर, ८ वैशाख । धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ । आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् ।
null
प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवको हो ।
२०७६ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित








