रक्षामन्त्री र अमेरिकी सैनिक अधिकारीबीच भेटवार्ता, के भयो छलफल ?

पुस २७, काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसनले उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँग भेटवार्ता गरेका छन् ।
नेपालको दुई दिने भ्रमणका क्रममा बिहीबार काठमाडौँ आएका डेभिडसनले शुक्रबार बिहान रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् ।
null
भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौतीबारे छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए।
उनका अनुसार अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको हो ।
भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहीबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ ।
सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभे्रको पाँचखालमा रहेको नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछ ।








