भारतीय युवाको नेपाल प्रहरीमाथी दादागिरी, ७ पक्राउ
२०७६ असार १० गते

असार ९, बीरगञ्ज । आइतबार राती अत्याधिक रक्सी खाएर प्रहरीलाई कुटपिट गर्ने ७ जना पर्सा प्रहरीको पक्राउमा परेका छन् ।
महादेवपटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पवन झाले बताए अनुसार अत्याधिक रक्सी खाएर चलाइएको उनीहरुको मोटरसाईकल चेकजाँच गर्ने क्रममा ति युवाहरुले पर्साको जिरा भवानी गाउँपालिकाको महादेवपटीमा रहेको प्रहरी चौकीका प्रहरीलाई नै कुटपिट हो ।
null
पक्राउ पर्नेमा भारत बिहारको मैनाटाड थाना वडा नम्बर १ बस्ने सनि कुमार पटेल, सत्यम साह, धनन्जय कानु, बिरिन्ची सिंह, अलोक सिंह, सन्दिप कुमार पटेल र सन्जित कुमार पटेल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरु भारत बिहारबाट रक्सी खान नेपाल आएर ठोरी गाउँपालिकाको सुवर्णपुरमा रक्सी खाएर घर फर्कि रहेका थिए । पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








