पर्सामा प्रहरी र तस्करबीच झडप हुँदा ४ प्रहरी घाइते

पुस ३, काठमाडौँ । पर्सामा तस्कर र प्रहरीबीच झडप हुँदा ४ जना प्रहरी  घाइते भएका छन् । 

पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा प्रहरीले नेपालबाट भारततर्फ डिजेल लैजाँदै गरेका दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोजेपछि प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेका प्रहरी र दुई तस्करबीच झडप भएको हो । 

प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक नीरिक्षक विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र प्रहरी सहायक नीरिक्षक जयशुन महतो गम्भीर घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

null

तस्करले प्रहरीमाथि आक्रमण गरेर खोसेका हतियार भने घटनास्थलको केही दुरी परबाट बरामद भइसकेको प्रहरी स्रोतले जानकारी दियो । 

एसपी ढकालका अनुसार बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । त्यहाँबाट भागेका तीनीहरुले तस्करको समूह ल्याएर प्रहरीमाथि नै आक्रमण गरेर डिजेल र बाइक लैजान सफल भएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =