सार्क राष्ट्रका सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स सुरु (भिडियोसहित)

चैत २, काठमाडौं । सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स सुरु भएको छ ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) सार्कका राष्ट्र तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स सुरु भएको हो ।
भिडियो कन्फ्रेन्सको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सार्क राष्ट्रका सरकार प्रमुखहरू सहमति भएका हुन् ।

दुई साता अघि मात्रै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत भिडियो कन्फ्रेन्समा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेका छन् ।
कन्फ्रेन्समा अफगानिस्तान, माल्दिभ्स, श्रीलंकाका राष्ट्रपति तथा भुटान र बंगलादेशका प्रधानमन्त्री र पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री सहभागी भएका छन् ।
भिडियो :
https://youtu.be/Yh9BO1bB0k8








