लोकसेवा अगाडि प्रदर्शन

साउन २, काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनविरुद्ध लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ ।
लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षण विरोधी, समावेशी तथा समानुपातिक नभएको भन्दै बिहीबार बिहान प्रदर्शन भएको हो । लोकसेवाको विज्ञापन खारेज गर्न माग गर्दै विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
null
आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि विरोध प्रदर्शन भएको हो ।
संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने तथा अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र समेत च्यात्ने प्रदर्शनकारीहरुको चेतावनी छ ।
आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।
उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।








