पीपीएल क्रिकेट : विराटनगरविरुद्ध व्याटिङ गर्दै बुटवल

पुष ९, पोखरा । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको अन्तिम लिग चरणको खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतिस्पर्धा गर्दै छन् ।   

टस जितेर विराटनगरका कप्तान प्रदीपसिंह ऐरीलेले बुटवललाई ब्याटिङको निम्तो दिएका छन् । 

यसअघिका ४ खेल खेलिसकेको बुटवलले ३ खेलमा जित हात पार्दै ६ अंक सहित तालिकामा दोस्रो स्थानमा छ । विराटनगर १ खेल जितेर २ अंक सहित पाँचौं स्थानमा छ । 

प्लेअफमा स्थान बनाउन भने विराटनगरले भारी अन्तरले बुटवललाई हराउनु पर्ने छ । २ खेलमा जित हात पारेको काठमाडौं गोल्डेन वारियर्सलाई पछि पारेर अन्तिम ३ स्थानमा पर्न विराटनरले आजको खेलमा जित निकाल्नुसँगै काठमाडौं गोल्डेन वारियर्सलाई रनरेटमा पनि पछि पार्न सक्नुपर्ने छ । 

काठमाडौं २ खेलमा जित हात पार्दै ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । मंगलबारको चितवन र काठमाडौंको नतिजाबाट भने धनगढी खेलबाट बाहिरिएको छ । पोखरा ४ खेलमा हार ब्यहोर्दै बाहिरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *