मनकामना दर्शन प्रा.लि.ले आफ्नो २१औं वार्षिकोत्सव मनायो

मंसिर ८, काठमाडाैँ ।  मनकामना दर्शन प्रा.लि.ले आफ्नो २१औं वार्षिकोत्सव आईतबार एक कार्यक्रमकाे आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो ।   

कार्यक्रममा कर्मचारीहरुका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरियो । साथै वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्र मार्फत घोषणा गरियो । उक्त लक्की ड्र मार्फत प्रथम पुरस्कार LGL ४३ ईन्च टेलिभिजन टिकट नम्बर २७६७७२१३१४९ त्यसै गरी दितीय पुरस्कार LG ३२ ईन्च टेलिभिजन टिकट नम्बर १७६७७२३८०३ र तृतीय पुरस्कार सामसुङ्ग स्मार्ट फोन (samsung Galaxy A30) टिकट नम्बर १७६७७२४३७८ का विजेता घोषणा गरियो । 

वि.सं. २०५५ सालमा स्थापना भएको मनकामना केबलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिन्टारबाट गोरखास्थित मनकामना मन्दिर आवतजावत गराउँदै आएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =