आफन्तबाटै भारतमा बेचिएकी किशोरीको ८ वर्षपछी उद्दार, महिला पक्राउ

कार्तिक २७, काठमाडौँ । आफन्तबाटै बेचिएर भारतको कोठीमा पुगेकी एक १५ वर्षिय किशोरीलाई ८ वर्षपछी  उद्दार गरी नेपाल ल्याईएको छ ।उनलाई ग्राहक बनेर नेपालबाट गएका व्यक्तिले उद्धार गरी नेपाल ल्याएका हुन् ।   

पिडित किशोरीले मानव बेचबिखन अपराध अनुसन्धान ब्युरोमा उजुरी गरेपछी उनलाई बिक्री गरि भारत पुर्याउने ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङलाई पक्राउ गरिसकिएकाे छ । 

बुधबार दिउँसो बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट  पक्राउ परेकी सुनिताले ती किशोरीलाई १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेकाे प्रहरीले जनाएकाे छ ।  

एक होटलमा काम गरिरहेकी ती किशोरीलाई सुनिताले गाउँमा लगेर पढाई दिने प्रलाेभन देखाइ  नसालु पदार्थ खुवाएर  २०६८ सालमा भारत पुर्याएको खुल्न आएको छ । 

भारतको नयाँ दिल्लीस्थित तीन वटा कोठीमा काम गर्न बाध्य ती किशोरीलाई जवान देखाउन सुई र औषधी प्रयोग गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलियाले जानकारी दिएका छन् ।   

पक्राउ परेकी सुनितालाई मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जानकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =