सुनसँगै चाँदीको भाउ पनि बढ्यो

मंसिर ४, काठमाडौँ ।  बुधबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज सुनको भाउमा तोलामा १ सय बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

मंगलबार प्रतितोला ७२ हजारमा कारोबार भईरहेको छापावाल सुन आज तोलामा १ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा १ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७१ हजार ८ सयमा बिक्री बितरण भईरहेको छ । 

बुधबार चाँदीको भाउमा पनि बृद्धी भएको महासघले जनाएको छ । आज चाँदीको भाउमा तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ६५ मा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।   

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *