गर्भपतन गराउने डाक्टरलाई ९९ वर्ष जेल सजाय !
जेठ १, काठमाडौं । अमेरिकाको अलबा राज्यले गर्भपतन सम्बन्धी नयाँ कानून बनाएको छ ।
अलबा राज्यको सिनेटले सर्वोच्चको फैसलालाई नै चुनौति दिनेगरी गर्भपतनमाथि प्रतिबन्ध लगाउने सम्बन्धी नयाँ कानून बनाएको हो । सन् १९७३ मा सर्वोच्च अदालतले निर्देशनात्मक फैसला गर्दै अमेरिकामा भर्गपतनलाई कानूनी मान्यता दिएको थियो ।
null
नयाँ कानून बनेसँगै बलात्कार तथा इच्छाविपरितको यौन सम्बन्धका कारण रहेको गर्भ पनि पतन गर्न पाइने छैन ।
नयाँ कानून अनुसार गर्भपतनको प्रयास गर्ने डाक्टरलाई १० वर्षसम्म र महिलाको गर्भपतन गराउने डाक्टरलाई ९९ वर्षको जेल सजाय हुनेछ । महिलाको जीवन नै गम्भीर जोखिममा रहेको अवस्थामा मात्रै गर्भतन गराउन पाइने छ ।
गर्भपतन गराउने महिलाले भने कुनै पनि किसिमको आपराधिक दायित्व बहन गर्नु नपर्ने नयाँ कानुनमा उल्लेख छ ।
कानून लागु भने भइसकेको छैन । राज्यकी गभर्नर के आइभीले हस्ताक्षर गरेपछि मात्रै उक्त नयाँ कानून लागु हुनेछ ।