बौद्धको जुवा अखडाबाट तीन विदेशीसहित २१ जुवाडे पक्राउ, ७ लाख नगद बरामद

 

पुस २२, काठमाडौँ । काठमाडौँको बौद्धस्थित एक जुवा अखडामा प्रहरीले छापा मारेको छ । 

बौद्ध स्तूपा नजिक फूलबारीस्थित एक घरमा छापा मार्ने क्रममा काठमाडौँ महानगरीय प्रहरी परिसरको टोलीले तीन विदेशीसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ । 

null

विशेष सूचनाका आधारमा छापा मार्ने क्रममा शनिबार राति जुवा खेलिरहेका उनीहरूको साथबाट जुवाका गोटीसहित ७ लाख १९ हजार २० रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिए । 

प्रहरीले दुई घर नै भाडामा लिएर जुवा अखडा चलाइरहेका स्थानीय लोकसाङ लामा र तीन तीब्बतीयनसहित २१ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका सबैलाई टेकुस्थित महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =