कोरम नपुगेपछि स्थगित भयाे अर्थ समितिको बैठक

कार्तिक १९, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अर्थ समतिको बैठक स्थगित भएको छ । आवश्यक कोरम नपुगेपछि आज (मंगलबार) डाकिएको समितिको बैठक स्थगित भएको हो ।   

आज नागरिक लगानी कोष ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची थियो । समितिका सदस्यहरुको गुणपुरक संख्या नै नपुगेपछि कार्तिक २८ गते बस्ने गरी बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। 

बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सभापति कृष्णप्रसाद दाहाल, मोतीलाल दुगड, प्रमिला राई सहितका केही सदस्यहरुको मात्रै उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *