यी सात बानी आजैबाट त्यागै र स्लिम र स्वास्थ्य बनौँ

असार १८ । आजभोली मोटोपनको समस्याले धेरै व्यक्ति ग्रसित भएका छन् । आफ्नो बढ्दो बजनको कारण धेरै मानिस तनावमा छन् । जो व्यक्ति पनी आफू स्लिम सुन्दर र फिट एण्ड फाइन हुन चाहन्छन् । एउटा स्लिम र सुन्दर शरिरले जो कोहीलाई पनी लोभ्याउँछ तर एउटा मोटो भद्दा शरिरले हाम्रो सौन्दर्यमा त कमी ल्याउँछ नै यसका साथ साथै शरिरमा बिभिन्न रोगहरु समेत भित्राउँछ ।
null
धेरै मोटो हुँदा कतिपय ठाँमा हामी लज्जित समेत हुनु परेको अवस्था हुन्छ । यही मोटोपन कम गर्न धेरै मानिसहरु अनेकौ कोशिस गरिरहेका हुन्छन् तर पनी दुब्लाउन सकि रहेका हुँदैनन । मानिस मोटाउनुको केही यस्ता सात कारण भारतीय सिनियर कन्सल्टेन्ट डा. दिप गोयलबताले त्यऔंल्याएका छन् । ती बानीहरू के-के हुन् तल बताइएकाे छ र ती बानीहरु आजैबाट त्यागी स्लिम सुन्दर बन्नुको साथै बिभिन्न रोगबाट छुटकारा पाऔं ।
सुत्नुभन्दा पहिले खानुसुत्नुभन्दा पहिले खाना खानुहुन्छ भने तपाईंको तौल करिब ८ सय ग्राम बढ्छ । सुत्नुभन्दा कम्तीमा पनि एकघण्टा अघि खाना खानुहोस् । राती सुत्नुभन्दा पहिले खाना खान मनलाग्छ भने त्यो भोकको कारणले नभई तनाव वा बानीका कारण हुने गर्दछ । खाएर तुरुन्तै सुत्नुहुन्छ भने शरिरमा क्यालोरी खर्च हुँदैन र तपाईंको तौल बढ्ने गर्दछ ।
टीभी हेरेर खानेयदि तपाईंको टिभी हेरेर खाने बानी छ भने आजैदेखि यसलाई छोड्नुहोस् किनभने टीभी हेर्दै खानुहुन्छ भने तपाईंको तौल एक महिनामा ६ सय ग्राम बढ्दछ ।
टिभी हेर्दै र फोनमा कुरा गर्दै खादाँ हामीले थाहै नपाई धेरै खानेकुरा खाइरहेका हुन्छौं । कुनै अनुसन्धानका अनुसार यदि खानेबेला हाम्रो ध्यान खानामा केन्द्रित हुँदैन भने हामीलाई सन्तुष्टि मिल्दैन । यसो गर्नाले खाना खाएको केही बेर पछि नै भोक लाग्दछ र हामीले थाहै नपाई धेरै खाइरहेका हुन्छौं ।
बसिरहनुएक घण्टा लगातार बसिरहनुहुन्छ भने एक महिनामा तपाईंको तौल एक किलो बढ्छ । त्यसकारण लगातार नबस्नुहोस् । अफिसमा तपाईं बसेर काम गर्नुहुन्छ भने छिनछिनमा हिँड्ने गर्नुहोस् ।
अमेरिकाको लुसियाना विश्वविद्यालयको अनुसन्धानका आधारमा धेरै बेरसम्म बसिरहँदा शरिरमा नराम्रो कोलेस्ट्रोल र बोसो बढ्दछ जसले मोटोपना तिब्र रुपमा बढ्ने गर्दछ ।
राती अबेर सुत्नुराती अबेर सुत्दा पनि महिनाभरीमा ८ सय ग्राम तौल घट्दछ । राती अबेरसम्म नसुत्ने बानी यदि छ भने हटाउनुहोस् । राती अबेरसम्म नसुत्दा हाम्रो ‘बडी क्लक’ तलमाथि हुने गर्दछ जसले शरिरमा हर्मोन्सको ब्यालेन्स बिगार्नुका साथै मेटाबोलिजम सुस्त हुने समस्या आउँछ । यसले तौल बढ्न सहयोग गर्दछ ।
हिँड्नबाट बच्नुदिनभरीमा १ किलोमिटर पनि हिँड्नुहुँदैन भने तपाईंको तौल महिनाभरी ६ सय ग्राम बढ्छ । यदि धेरै टाढा जानुछैन भने गाडीको सट्टा पैदल यात्रा गर्नुहोस् । दैनिक १ किलोमिटर पैदल यात्रा गर्दा १ सय क्यालोरी खर्च हुन्छ जसले तौल घट्न सहयोग गर्दछ ।
कम सुत्नुपर्याप्त मात्रामा शरिरले निन्द्रा नपाउँदा महिनाभरी ८ सय ग्राम तौल बढ्छ । आफ्नो निन्द्राको आवश्यकतालाई इग्नोर नगर्नुहोस् । शरिरको क्रियालाई सही राख्नका लागि दैनिक ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ । योभन्दा कम सुत्नुहुन्छ भने शरिरमा तौल बढाउने हर्मोन्सको मात्रामा वृद्धि हुन्छ ।
धेरै नुन खानुअत्यधिक नुन खाँदा महिनाभरीमा तपाईंको तौलमा २ सय ग्रामको वृद्धि हुन्छ । अत्यधिक नुन वा धेरै नुनिलो खानेकुरा खानबाट बच्नुहोस् । धेरै नुनका कारण वाटर रिटेन्सन ९शरिरमा पानीको व्यालेन्स बिग्रने० को समस्या हुनसक्छ । यसले शरिर सुन्निने र तौल बढ्ने गर्दछ ।









