प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

 

फागुन १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जना चढेको विमान दुर्घटना भएपछि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । 

उद्धार तथा समन्वयका लागि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् । 

null

केही समय अघि पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छ । पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटना भएको हो । 

हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना रहेका बताइएको छ । 

हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। 

 हेलिकप्टरमा को को सवार थिए ? 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =