अनुहारमा सेतो दुबी आएर हैरान हुनुहुन्छः यसरी गर्नस् उपचार

असाेज १ ।  शरीरमा सेतो दाग भएर चिन्ता गर्ने युवतीहरू धेरै छन् । युवतीहरू मात्रै होइन युवादेखि बयस्कहरूमा पनि शरीरमा आउने सेतो दागले हीनताबोध गर्ने गरेका छन् । 

नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले लोकान्तरलाई बताए । उनका अनुसार सेतो दुबी फैलिने र नफैलिने गरी दुबई प्रकारका हुन्छन् । फैलिने सेतो दुबी शरीरको कुनै भागबाट शुरु भई विस्तारै शरीरभरि नै फैलन्छ भने, नफैली सेतो दुबी शरीरको कुनै भागमा मात्रै हुने गर्छ । 

यस कारण आउँछ सेतो दाग 

Image result for सेतो दुबी

छाला रोग तथा सौन्दर्य रोग विशेषज्ञ डा. कर्णका अनुसार शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुबी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुबी आउने डा. कर्ण बताए । सोता दुबी रोग नभए पनि मानिसहरूले सुन्दरतामा कमी महसुस गरी उपचार गराउने गरेको उनले बताए । 

‘सेतो दाग कुनै रोग होइन । यसले शरीरमा कुनै असर गर्दैन । उपचार गर्नैपर्छ भन्ने छैन्,’ डा. कर्णले भने, ‘तर शरीरमा आएको दागकै कारण हीनताबोध महसुस हुन्छ । आत्मश्विासमा कमी आउँछ भने दाग हटाउन समयमा नै उपचार गर्नुपर्छ ।’ 

यसरी गरिन्छ सेतो दुबीको उपचार 

सेतो दुबीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र अप्रेसन बाट सेतो दुबीको उपचार हुने गरेको डा. कर्णको भनाइ छ । 

औषधिको प्रयोग 

सेतो दुबीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेतो दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ । सेतो दागको उपचारका लागि चिकित्सकले अनुमति दिएको औषधि सेवन गरी, औषधि खाएको दुई घण्टापछि घाममा बस्नुपर्ने हुन्छ । 

औषधि सेवनले दुई महिनादेखि चार महिनासम्ममा दाग हराउन थाल्ने र विस्तारै निको हुँदै जाने डा. कर्णको भनाइ छ । उनले भने, ‘सेतो दुबीको उपचार जति छिटो गर्‍यो, उति छिटो निको हुन्छ । जति कम उमेर भयो, त्यति छिटो निको हुने गर्छ ।’ 

अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुने र हत्केला र पैतालामा भएको दाग निको हुन समय लाग्ने उनले बताए । 

फोटो थेरापी 

फोटो थेरापी भनेको अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रकाशको किरणद्वारा उपचार गर्ने विधि हो । 

फोटो थेरापीमा कृतिम सूर्यको किरण वैज्ञानिक तरिकाबाट उत्पन्न गराई सेतो दाग भएकाहरूको शरीरमा प्रयोग गरिन्छ । फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्‍याउँछ । फोटो थेरापी गराउँदा शुरुमा हप्तामा ३ पटकदेखि क्रमशः दुईपटक गरिन्छ । दाग हराउँदै गएपछि हप्तामा एकपटक मात्रै प्रयोग गरिने र किनो भएपछि गर्नु पर्दैन । 

सेतो दुबीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीबाट गर्न सकिने डा. कर्णले बताए । फोटो थेरापी गर्न सहज हुने भएकाले मानिसहरूमा यसको प्रयोग गर्न चाहने मानिस बढी रहेको उनको भनाइ छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =