पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार

 

पुष ३, बिराटनगर । दिवगंत पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि तीन लाखको अक्षयकोष खडा गरिएको छ । कोष स्थापनाका लागि स्वर्गीय कोशराज रेग्मीका परिवारको तर्फबाट तीन लाख रुपैयाँको चेक नेपाल पत्रकार महासंघ मोरङ शाखालाई हस्तान्तरण गरिएको छ । 

बरिष्ठ पत्रकार कोशराज रेग्मीकी श्रीमती, छोराछोरीहरूले बुबाको स्मृतीमा अक्षयकोष स्थापना गरेका हुन् । सो कोषमा यसअघि स्वर्गीय कोषराज रेग्मीले स्थापना गरेको पीताम्वर–खिलेश्वरी स्मृती प्रतिष्ठान पनि गाभिएको छ । प्रतिष्ठानले हरेक वर्ष मोती जयन्तीका अवसरमा १ जना पत्रकारलाई पुरस्कृत गर्दै आएको थियो । कोष स्थापनापछि स्वर्गीय कोशराज रेग्मीको स्मृतिमा हरेक दुई वर्षमा मोती जयन्तीका दिन पत्रकार कोशराज रेग्मी स्मृति पुरस्कार प्रदान गरिनेछ । 

null

पुरस्कारको राशि २५ हजार रुपैयाँको हुनेछ । यो पुरस्कार स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिनेछ । त्यस्तै यसअघि प्रदान गर्दै आएको पिताम्वर–खिलेश्वरी स्मृती पत्रकारिता पुरस्कार अब हरेक दुई वर्षमा प्रदान गरिनेछ । ११ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार प्रदेश नम्बर १ मा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिनेछ । 

बिराटनगर–१२ पिचरा स्थित रेग्मी निवासमा आयोजित कार्यक्रममा स्वर्गीय कोशराज रेग्मीकी धर्मपत्नी रेणुका रेग्मी र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले कोष स्थापना र पुरस्कार प्रदान गर्ने कार्यविधी सम्बन्धमा बनेको सम्झौता पत्रमा हस्ताक्षर गरेको महासंघ मोरङका सदस्य किशोर विश्वकर्माले जानकारी दिए । 

सो अवसरमा पिताम्वर–खिलेश्वरी स्मृती प्रतिष्ठानका सचिव कविराज न्यौपाने, सदस्य अनन्तराज न्यौपाने, स्वर्गीय कोशराज रेग्मीका ज्येष्ठ सुपुत्र भोजराज रेग्मीले स्वर्गीय कोशराज रेग्मीले जीवनकाल गरेको पत्रकारिता कर्मकोबारे चर्चा गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =