न्याय नपाएको भन्दै गंगामाया अधिकारी पुगिन् राष्ट्रसंघको कार्यालय

माघ २१, काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारी न्याय नपाएको भन्दै राष्ट्रसंघको कार्यालय पुगेकी छन् । द्वन्द्वकालिन समयमा मारिएका छोराको हत्यारालाई कारवाही नभएको भन्दै अनशनरत गंगामाया अधिकारी
संयुक्त राष्ट्र संघको कार्यालय पुलचोक पुगेकी हुन् ।
उनको १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको २०६१ सालमा तात्कालिन सशस्त्र द्धन्द्धकालमा हत्या गरिएको थियो । उनी हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै हालसम्म अनसनरत छन् । आमरण अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो ।
null
अधिकारीले आफूलाइ सरकारले न्याय नदिएकोले न्यायका माग्न संयुक्त राष्ट्र संघसंघको कार्यालय पुगेको बताइन् । गंगामायाले ८/९ वर्षसम्म पनि आफुलाई सरकारले न्यायका नदिएकोमा असन्तुष्टि जनाएकी छन्। उनले न्यायका निम्ती लडिरहने बताइन्।
आवासीय प्रतिनिधि भ्यालरीले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरिन् ।
उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताइन् ।








