लमजुङ केन्द्रबिन्दु भएर फेरी यी स्थानमा गयो भूकम्प

भाद्र ३१, काठमाडौँ । मंगलबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प फेरी गएको छ ।   

आज बिहान  ९ बजेर ५३ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर  ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएका हुन् ।   

Image result for भूकम्प

भूकम्पको धक्काको महसुस लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा  गरिएको छ । यस अघी आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।   

आइतबार र सोमबार बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =