मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु, ५ जनाको शव भेटियो
२०७५ फागुन १६ गते

फागुन १५, काठमाडौँ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको हो ।
null
हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।
५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।
२०७५ फागुन १६ गते
प्रतिक्रिया








