६ देशका ५ मेयर सहित ४८ जना विदेशी पाहुना इन्द्रजात्रामा सहभागी भए

भाद्र २७, काठमाडौँ । शुक्रबार बिहान पहिलो पटक ६ देशका ५ मेयर सहित ४८ जना विदेशी पाहुनाले इन्द्रजात्रामा सहभागी जनाएका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भारत, चीन, भुटान, बङ्गलादेश, जापान र अमेरिकाका पाँच मेयर सहित ४८ जाना विदेशी पाहुनालाई इन्द्रजात्रा हेर्न स्वागत गरेका हुन् ।
उनीहरुलाई नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउने उदेश्यले इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा गरिएको मेयर शाक्यलेले पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।

उक्त पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरेको र इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिकाले नै उठाउने समेत जानकारी गराईएको थियो ।
ईन्द्रजात्रामा सहभागी हुन पाँच दिनको नेपाल भ्रमणमा आएका उनीहरुलाई महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना रहेको मेयर शाक्यले जानकारी दिएका छन् ।









