ट्याक्सी भाडामा पनि वृद्धि, प्रतिकिलाेमिटर कति ?
२०७६ जेठ ३१ गते

जेठ ३०, काठमाडौं । सार्वजनिक यातायातको मूल्य वृद्धिसँगै ट्याक्सी भाडा पनि सरकारले बढाएको छ ।
यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागु हुनेगरी ट्याक्सी भाडामा पनि वृद्धि गरेको हो ।
null
यो नियम लागु भएसँगै अब यात्रुले ट्याक्सीमा एक किलोमिटरसम्म ५० रुपैयाँ तिनुपर्ने छ । त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जानेछ ।
सरकारले ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो। ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ।
यस अघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो । ट्याक्सी चढना साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो ।
२०७६ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








