नारी दिवसमा नारीका लागि एन आई सी बैंकको विशेष योजना
२०७६ फागुन २३ गते

फागुन २३, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी यस बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा रू. १० हजार सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका महिला ग्राहकले Mo-Bank एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, QR Payment लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावहरूलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।
२०७६ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








