विराटनगरका सवै वडामा क्षमता अभिबृद्धि तालिम

बैशाख ८, विराटनगर । ‘हामी युवा’ नामक संस्थाले विराटनगरका युवाहरुका लागि क्षमता अभिबृद्दि तालिम सञ्चालन गर्ने भएको छ । 

विराटनगर महानगरपालिकासँगको सहकार्य तथा सहयोगमा सो संस्थाले महानगरका १९ वटै वडामा प्रत्येक वडाबाट १५ जना युवाहरुका लागि निःशुल्क तालिम आयोजना गर्ने लागेको हो । 

१६ देखि २५ बर्ष सम्मका युवाहरुको नेतृत्च, व्यक्तित्व, भाषण कला, निर्णय क्षमता तथा विकास निर्माणमा युवाहरुको चासो जस्ता बिषयलाई समेटेर चाँडै तालिम सञ्चालन गरिने संस्थाकी अध्यक्ष जिना कार्कीले जानकारी दिइन् । 

null

निःशुल्क सञ्चालन हुने यस प्रकारका तालिमले युवाहरुको क्षमता बिकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने आयोजकको विश्वास छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =