नोबेलद्वारा मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान

असाेज १४, मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको ईटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । रतुवामाई नगरपालिका–९ स्थित ईटहरामा रहेको जेष्ठ नागरिक हकहित समाजलाई नोबेलले करिव ११ लाख मुल्य बराबरको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो । 

ईटहरामा आयोजित कार्यक्रममा नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले सस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । सोहि अवसरमा रतुवामाई नगरपालिकाका मेयर रबिन राई र नोबेल अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्त रुपमा रिवन काटेर एम्बुलेन्स सेवा उद्घाटन गरेका छन् । 

कार्यक्रममा बोल्दै मेयर राईले एम्बुलेन्सका कारण अव रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पुर्याउँन सहज हुँने विश्वास व्यक्त गरे । कार्यक्रममा नोबेल अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसावले एम्बुलेन्स सेवा सञ्चालन गर्न सुझाव दिएका छन् ।   

नोबेलले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि एम्बुलेन्स निःशुल्क प्रदान गरेको थियो । समयमा अस्पताल पुर्याउँन नसकेर बिरामीको मृत्यु नहोस् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =