दशैँमा मासु खाँदा यी कुरामा ध्यान दिनुस् नत्र बिरामी पर्ला हैँ

असोज १३ ।  नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दशैका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दशैमा त खाने होनी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । तर यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ ।   

दशैमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ । 

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । दसैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने । माछाको मासुले बरु त्यति असर गर्दैन । दशैँमा मासु खाँदा के–के कुरामा ध्यान दिनुपर्ने हुन्छ तल बताईएको छ ।   

Image result for दशैँमा मासु खाँदा

१. रातो हैन सेतो मासु खानुस् 

दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछामासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ। यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ। यसले मुटु रोगीलाई भन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज, इमुलगायतको मासुलाई जनाउँछ । 

२. छालायुक्त मासु नखानुस् 

छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । 

३. मसलाको प्रयोग कम गर्नुस् 

दशैंको परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ। चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन । 

४. धुम्रपान र मद्यपान नगर्नुस् 

दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन् बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ। मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ। 

५. ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस् 

दसैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरुलाई हानिकारक छ । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन। 

६. फुड प्वाइजनबाट जोगिनुस् 

यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अपच भएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दशैं दशा बनेको कतिपय उदाहरण छन्। चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ। तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्छ। 

७. शाकाहारीमा जोड दिनुस्, व्यायाम गर्नुस् 

दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ। काम कम, माम धेरै गर्नुहुँदैन। शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ। तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =